Incident Reports

विद्यालयमा विद्यार्थीको ताला

2019-09-17

Lumbini, Rukum East, Sisne, Ward 3

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ मा रहेको जनता माविमा विद्यार्थीहरुले ताला लगाएका छन्। विद्यालय व्यवस्थापन समितिको गठनमा एकलौटी गरेको भन्दै विद्यार्थीले विद्यालयमा ताला लगाएका हुन् ।

बुधवार विद्यालयमा भएको अभिभावक भेलाले नयाँ व्यवस्थापन समिति गठन गरेको थियो। तर विद्यार्थीहरुले अभिभावकको कुरा नसुनेर केही व्यक्तिले एकलौटी तरीकाले विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै ताला लगाएका हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जनक केसी र नन्दराम लामिछाने को बन्ने विषयमा सहमति हुन नसक्दा सबै अभिभावक विद्यालयबाट फर्किसकेको समयमा राति केही व्यक्तिले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नन्दराम लामिछानेलाई सिफारिस गरेको हरिकृष्ण केसीले आरोप लगाउनुभयो ।

विद्यालयका प्रधानाध्यापक कलु खड्काले गाउँपालिकाको शिक्षा शाखााको प्रक्रिया अनुसार नै विद्यालय व्यवस्थापन समिति गठन गरिएको बताउनुभयो । विद्यार्थीले लगाएको ताला खुलाउनका लागि सहमतिको प्रयास गरिने उहाँको भनाइ छ। विद्यालयमा ताला लगाउँदा विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ। बिहान विद्यालयमा आएका विद्यार्थी सबै घर फर्किएका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Local Newspaper - Dang

0 Comments