Incident Reports

प्रहरीको गाडीमा तोडफोट गर्ने ७ पक्राउ

2019-10-18

Madhes, Rautahat, Katahariya

रौतहटमा प्रहरीको गाडी तोडफोड गरेको अभियोगमा ७ युवा पक्राउ परेका छन् । गौरबाट थुनुवा पुऱ्याएर फकिरहेको ना १ झ १३३१ नम्बरको प्रहरीको गाडीमा शुक्रबार साँझ कटहरिया ६ फतेपुर गाउँ छेउमा दर्जनौं मानिसको भिडले ढुंगामुढा तथा तोडफोड गरेको थियो ।

ढंगामुढाले गाडीको सिसा फट्नुको साथै केही प्रहरीलाई चोटपटक समेत लागेको जनाएको छ । गाडीमा ढुंगामुढा तथा तोडफोड गरेको आरोपमा प्रहरीले शनिबार ७ जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कटहरिया-६ फतेपुरका ३० वर्षिय ३० का सुवोध कुमार सहनी, सोही ठाँउका ३० वर्षिय रन्जित स हनी, ३० वर्षिय विरेन्द्र सहनी, २८ वर्षिय उमेश पासवान, १९ वर्षिय मुना खाँ र १८ वर्षिय सकिन्द्र यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाका निमित्त प्रमुख प्रहरी निरीक्षक रिपेन्द्र सिंहले जानकारी दिएका छन्।

शुक्रवार अपरान्ह कटहरिया माविको प्राङ्गणमा भएको मेयरकप क्रिकेट प्रतियोगिताको फाइनलमा ब्याटिङ गरिरहेका कटहरिया टिमका ब्याटु समे न संजिव सिंहलाई अम्पाएरले आउट नभएको भन्दा पनि फतेपुरका खेलाडीले जबरजस्ती आउट भएको भन्न थालेपछि दवैगाँउका खेलाडी र स्थानीयबीच केही समय झडप भएको थियो ।

झडपलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी गस्ती टोलीले सामान्य लाठीचार्ज गरेको निहुँमा आक्रोशित फतेपुरमा केही स्थानीय खेलाडी र युवाले प्रहरीको गाडीमा ढुंगामुढा गरेको स्रोतले जनाएको छ। पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका निमित्त प्रमुख प्रहरी निरीक्षक रिपेन्द्र सिंहले बताएका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha

0 Comments