Incident Reports

प्रशासनको आडमा विद्यालयको जग्गा हड्पिने प्रयास, बिरोधमा बजार बन्द

2019-06-30

Madhes, Dhanusha, Bateshwor

विद्यालयलाई दान दिएको जग्गा हडप्न खोजेपछि लफडा, बजार बन्द धनुषाको धारापानीस्थित मुलाबारी भिमान माध्यमिक विद्यालयमा जग्गासम्बन्धी विवादले उग्र रूप लिएको छ। स्थानीय पशुपति कुमारी लामाले पुलिस प्रशासनको आडमा विद्यालयको पर्खाल भत्काएर जबर्जस्ती नापी गरेको भन्दै विद्यार्थीहरु विरोधमा उत्रिएका छन्।  

विद्यार्थीर्हरुले विद्यालयको सार्वजनिक जग्गा हडप्न पाइँदैन भन्दै विभिन्न नारासहित प्लेकार्ड बोकेर नगरभरि (यालीसमेत गरेका छन्। विद्यार्थी हरुले विद्यालयको जग्गा जबरजस्ती कब्जा गर्न खोजिए कडा आन्दोलन गर्ने चेतावनी दिए।

विवाद उग्र नहोस् भनी सो क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ। धनुषाधाम नगरपालिकामा रहेको यो विद्यालयको विवादले केहीबेर भिमान बजारसमेत बन्द भएको थियो। कैयौं वर्ष अघि दानको रुपमा प्रदान गरिएको करिब ६ कट्ठा जग्गामा पुन: दाबी गर्दै लामाले खोस्न खोजेको भन्दै विद्यार्थीसहित स्थानीय विरोधमा उत्रिएका हुन्।

विद्यालयमा चौतर्फी पर्खाल लगाइएको उक्त ६ कठ्ठा जग्गा धनुषाको बटेश्वर गाउँपालिकाकी पशुपति कुमारी लामाले आफ्नो पूर्खाहरुले जग्गा दिएको भन्दै जग्गा फिर्ता गर्न माग जबरदस्ती नापनक्सा गरेपछि विवाद चुलिएको हो। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people N
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Mahottari

0 Comments