Incident Reports

बुद्ध मूर्ती तोडफोडको बिरोधमा -याली

2019-07-25

Lumbini, Rupandehi, Tillotama

रुपन्दहीको तिलोत्तमा नगरपालिकामा भएको बुद्ध मूर्ती तोडफोडको विरुद्धमा चितवनमा बिहीबार विरोध -याली निकालिएको छ । नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्तिचक संघ चितवन, बौद्ध गुम्बाविहार संघ, नेपाल तामाङ घेदुङ चितवन, बौद्ध धर्म सेवा समितिले उक्त  -याली गरेको हो ।

उनीहरुले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । यालीमा नो पहिचान झल्कने पोशाकमा निस्केका बौद्ध धर्मावलम्बीहरुले 'बुद्ध हाम्रो प्राण हो, नेपाल हाम्रो शान हो र बुद्धको मूर्ती तोड्न पाइँदैन' जस्ता नारा लगाएका थिए ।

बुद्धको मूर्ती तोड्नेलाई कारबाहीको माग उनीहरुले माग गरेका थिए । त्यस्तै उनीहरुले विभिन्न बुद्धका सन्देश लेखिएका पम्पलेटहरु पनि बोकेका थिए । उनीहरुको ज्ञापनपत्रमा हरेक नेपालीको आनो आस्था विचार धर्म मान्न पाउने अधिकार रहेको भन्दै यस्तो अधिकार कुल्चने प्रयास भएको भन्दै घटनाको भत्सर्ना गरेका छन् ।

आज बुद्धको मूर्ती तोड्नेले भविष्यमा अन्य धर्म आस्थामा पनि आक्रमण गर्नसक्ने भएकाले यस्तो दु:खद घटनामा सबै एक हुनुपर्ने यालीमा सहभागीले बताए । उनीहरुले बुद्धको मूर्ती तोडफोड गरी हिंसा भड्काउनेलाई संघीय, प्रदेश सरकार तथा प्रहरी प्रशासनसँग कारबाहीको माग साउन १ गते राति रुपेन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर चोक देखि नयाँ मिलसम्मको ६ लेनको सडकमा राखिएका पाँच वटा मूर्तीहरु तोडफोड गरी फालिएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
Local Newspaper - Chitwan

0 Comments