Incident Reports

तलब नपाएको भन्दै स्वास्थ्यकर्मीद्वारा सेवा ठप्प

2019-10-02

Province 1, Sunsari, Inaruwa

तलब नपाएको भन्दै इनरुवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन्।

स्वास्थ्यकर्मीहरूको अवरोधका कारण बुधबार ओपीडी सेवा पूर्णरूपमा ठप्प बन्यो । करार र व्यवस्थापन समिति मातहतका कर्मचारीले काम ठप्प पार्दा इनरुवा अस्पतालको सेवा प्रभावित बन्न पुगेको हो।

काम बन्द गरेका स्वास्थ्यकर्मीले तलबमा विभेद गरिएको बताएका छन्। ओपीडीसहितका सेवा ठप्प पारिएको विषयमा अस्पताल व्यवस्थापन समितिले भने असन्तुष्टि पोखेको छ ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द हड्ताल जायज नहुने भन्दै कर्मचारीहरूलाई काममा फर्किन अस्पताल व्यवस्थापन समितिले आग्रह गरेको छ।

समितिका अध्यक्ष गोपाल राजभण्डारीले ठप्प पारिएको सेवा सुचारु गरी कर्मचारीहरूलाई काममा फर्कन आग्रह गरिएको बताए। तलबको विषय सम्बोधन गर्न तयार रहेको उनले बताए ।

अस्पताल प्रशासनले समेत तलब उपलब्ध गराउने विषयमा तयारी थालिएको बताएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people N
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments