Incident Reports

क्याम्पसमा तोडफोड

2019-09-22

Province 1, Morang, Biratnagar

मोरङ क्याम्पसमा फेरि आइतबार तोडफोड भएको छ। आइतबार क्याम्पसको व्यवस्थापन संकाय अन्तरगत जनप्रशासन स्नातक र स्नातकोत्तर र स्नातकोत्तर व्यवस्थापन अध्ययन (बीपीए, एमपीए, एमबीएस) को कार्यकक्ष तोडफोड भएको हो।एक महिना अघि भदौ २ गते पनि बीपीए, एमपीए, एमबीएस हेर्ने सहायक प्रमुख मोहनकुमार श्रेष्ठको सोही कार्यकक्ष र भौतिकशास्त्र अन्तर्गत कार्यक्रम संयोजकको कक्ष तोडफोड भएको थियो ।

भदौमा भएको तोडफोडमा संलग्नलाई कुनै कार्वाही नभएपछि पुनः घटना दोहोरिएको बताइएको छ ।

भदौ २ मा भएको तोडफोडमा क्याम्पसमा रहेका त्रिवि प्राध्यापक संघका एकाई सभापति डा विमल कण्ठ र सचिव डा जीवन ढकाल एवम् नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ एकाई अध्यक्ष वेदप्रसाद संग्रौला र सचिव सीताराम चम्लागाईंले संस्थागत रुपमा छुट्टाछुट्टै विज्ञप्ति जारी गरी तोडफोडका दोषीलाई हदैसम्मको कार्वाही गर्न माग गरेको थियो । तर कसैलाई पनि कार्वाही गरिएको थिएन । 

आइतबार भएको तोडफोडको कुनै संस्थाले विरोध नजनाएपनि क्याम्पसको गुणस्तर सुनिश्चिता र प्रत्ययन (क्यूएए) अन्तर्गतको स्व मुल्याङ्कन टोली (स्याट) ले क्यूएए पक्रियमा बाधा पुगेको भन्दै विरोध जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
Local Newspaper - Morang

0 Comments