Incident Reports

कैलालीमा बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

2019-10-31

Sudurpashchim, Kailali, Bardagoriya, Ward 1

कैलालीमा बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। जिल्लाको बौनियाँमा बिहिबार साँझ बसको ठक्करबाट घाइते भएका बर्दगोरीया गाउँपालिका–१ का ८ वर्षको अंशु चौधरी र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनियाँ खण्ड अवरुद्ध पारेका हुन्।

अंशुको भारतको लखनउ र लक्ष्मणको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो। उनीहरुलाई महेन्द्रनगरबाट काठमाडौं गईरहेको ना ७ ख ६०४६ नम्बरको यात्रुबाहक बसले बर्दगोरीया गाउँपालिका–१ साझाचोकमा ठक्कर दिएको थियो। उनीहरुलाई ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिईसकेको छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Road block
Weapons None
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments