Incident Reports

शव राखेर गौरादह घेराउ

2019-09-30

Province 1, Jhapa, Gauradhaha, Ward 8

उपभोक्ता समितिका अध्यक्षको मृत्युलाई लिएर सोमबार दिनभरजसो पाको गौरादह नगरपालिका गर्दै स्थानीयबासीले नाराबाजी गरेका छन्।  

विरोधमा उत्रिएका स्थानीयवासीले नगरपालिका परिसरमा नाराबाजी गरेका हुन् । स्थानीय प्रशासनले नगरपालिकापरिसरमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरेको थियो । गौरादह नगरपालिका-८ भुडीसिमलका ५८ वर्षीय धनवीर राजवंशीको मुत्युको कारण नगरपालिकाका इञ्जिनियर सचिन क्षेत्री रहेको भन्दै स्थानीयबासीले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

मृतक राजवंशी आइतबार दिउँसो १ बजे भुंडीसिमल बैराती बजारस्थित टहरा निर्माणको भुक्तानीका लागि गौरादह नगरपालिकाको कार्यालय गएका थिए । सोही विषयलाई लिएर टहरा निर्माण समितिका अध्यक्ष राजवंशी र नगरपालिकाका इञ्जिनियर क्षेत्रीबीच विवाद हुँदा राजवंशी बेहोस भएर ढलेका थिए।  

उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । राजवंशी मुटु र रक्तचापका कारण बिरामी रहेको मृतकका छोरा सूर्य राजवंशीले जानकारी दिएका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments