Incident Reports

शिक्षक छनोटमा विवाद, स्थानीयको विरोध

2019-07-01

Province 1, Morang, Gramthan

मोरङको ग्रामथान गाउँपालिका ४ स्थित मोतिपुरको महेन्द्र माध्यामिक विद्यालयमा करार शिक्षक नियुक्तीको विषयलाई लिएर विवाद भएको छ।

परीक्षमा अनियमितता गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पक्राउ गरिएको भन्दै स्थानीयले रिहाईको माग गरेका छन् । उनीहरूले सोमबार प्रदर्शन नै गरेका थिए। बिधालय व्यवस्थापन समिति अध्यक्ष रिकेश कुमार सरदार र शिक्षक किर्तनलाल विश्वासको रिहाइको माग गरेका हुन् । असार ९ गते ग्रामथान गाउँपालिकामा करार शिक्षककालागि लिखित परीक्षा लिइएको थियो।

परीक्षामा अनियमितता भएको भन्दै वस्तुगत परिक्षामा अनियमिता भएको र प्रश्न पत्र पहिले नै बाहिरिएको आरोप लगाइएको छ। पहिले वस्तुगत विषयको परीक्षा लिनुपर्नेमा त्यसो नगरिएको वस्तुगत प्रश्न पत्र दुई पटक आधा आधा गरि बाँडिएको सहभागी परीक्षार्थी संगीता चौधरीले बताउनुभयो।

परीक्षामा अनियमितता भएको भन्दै संगीता चौधरी लगायत दुई जनाले परीक्षा समितिका संयोजक रिकेशकुमार सरदारले पुन परीक्षाको माग गर्दै निवेदन दर्ता गर्नुभएको थियो । त्यसको सुनुवाई नभएपछि गाउँपालिका हुँदै जिल्ला शिक्षा समन्वय इकाइमा पनि उजुरी दिइएको थियो।

विवाद बढदै गएपछि विद्यालय सुधारको माग गर्दै र पक्राउ परेकाहरूको रिहाईको माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments