Incident Reports

हत्यारालाई कारबाहीको माग

2019-09-06

Lumbini, Nawalparasi West, Pratappur, Ward 5

 हत्यारालाई कारबाहीको माग गर्दै पीडित पक्ष र स्थानीयले विरोध प्रदर्शन गरेका छन् । प्रतापुर गाउँपालिका ५ रतनगञ्ज निवासी २४ वर्षीय पूजा लोनियाको हत्या गरेको उनका माईति र स्थानीयले दाबी गरेका छन्।

पूजाको हत्या भएको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी अगाडि विरोध प्रदर्शन गरिएको हो । स्थानीय र पूजा लोनियाका माईतीसहितको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा विरोध प्रदर्शन गरेर दोशीलाई कारबाहीको माग गरेका हुन् ।

भदौ २० गते राति पूजालाई उनका श्रीमान अभिताव बच्चन लोनिया र उनको परिवारले हत्या गरेको पूजाका बाबु रामकिसन लोनीयाले दाबी गरेका छन् । २० गते साँझ पूजालाई हत्या गरेर फालेको नारायणी नदीमा उनको मृत शरीर २४ गते भदौमा फेला परेको स्थानीय बाबुराम हरिजनले बताए।

पूजाको शव फेला पर्दा उनको शरीर चिन्न नसकिने अवस्थामा रहेको स्थानीयले बताए । पूजाको माईत भारतको कुसीनगर रहेको र उनका श्रीमानले केही समय अघि आफ्नो घर प्रतापुर लिएर आएको बताईएको छ।

श्रीमतीको हत्या पछि उनी वैदेशिक रोजगारीका लागि विदेश गएको स्थानीयले बताएका छन् । मृतक पूजाको पोष्ट मार्टम समेत गरिएको र प्रतापुर गाउँपालिकाको पक्लिहवामा रहेको प्रहरी अनुसन्धानमा लापरबाही गरेको भन्दै मृतकका माईति र स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीले घटनाको सुक्ष्म ढंगले अनुसन्धान गर्ने आस्वासन स्थानीय र माईति पक्षलाई दिएका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth unknown
Local Newspaper - Rupandehi

0 Comments