2019-11-14
प्रहरीले पूर्वी चितवनबाट पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । राप्ती नगरपालिका–६ भण्डारा हर्दीबाट दाङ तुल्सीपुर उपमहानगपालिका–१२ का ३७ वर्षीय मधुकर केसी र सल्यान कपुरकोट गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी पक्राउ परेका हुन् ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गको आडमा रहेको हर्दी गाउँको तामाङ ब्लक उद्योगअगाडि बिहीबार बिहान २ जबे बा८५प ८०८४ नम्बरको मोटरसाइकल रोकिराखेको देखेपछि प्रहरीले जाँच गरेको थियो । गस्तीमा रहेका प्रहरीले केही पर परालमा लुकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको चितवन प्रहरीका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले जानकारी दिए । केसीको साथबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल एक थान, त्यसको म्याग्जिन र पाँच राउन्ड गोली बरामद भएको छ ।
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD