Incident Reports

विराटनगरको महेन्द्र चौकमा अटो चालक आन्दोलित

2019-11-15

Province 1, Morang, Biratnagar

विराटनगर, २९ कात्तिक । विराटनगर–धरान सडकखण्डअन्तर्गत महेन्द्र चौकमा अटो चालकहरू आन्दोलित भएका छन् । शुक्रबार ट्राफिक प्रहरीले अटोमा ताला लगाएका कारण अटो चालकहरू विरोधमा उत्रिएका हुन् ।

जथाभावी रोकेर यात्रु चढाउने गरेका कारण ट्राफिकले २ वटा अटोमा ताला लगाइदिएको थियो । सोको विरोध गर्दै अटो चालकले आन्दोलन सुरु गरेका हुन् । चालकले करिब सय वटा अटो सडकमा तेर्स्याएर आन्दोलन गरेपछि सवारी आवागमनमा समस्या भएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments