Incident Reports

शिवनगरकाे गोठबाट ५ थान एसएमजी राइफल बरामद, विप्लव समूहले लुकाएकाे आशंका

2019-11-17

नेपाल प्रहरीले कपिलवस्तुको शिवनगरबाट ५ थान एसएमजी राइफलसहित त्यसमा प्रयोग हुने म्यागजिन र गोली बरामद गरेको छ । नियन्त्रणमा लिइएका हतियार तथा गोली विप्लव समूहको भएको प्रहरी दाबी छ ।

कपिलवस्तुको शिवनगर नगरपालिका–१ बाट शुक्रबार साँझ ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।

National/Online Media , Local Newspaper - Rupandehi , Local Newspaper - Dang

0 Comments