Incident Reports

पेस्तोल र लागूऔषध सहित दुई पक्राउ

2019-09-29

Province 1, Sunsari, Barju, Ward 3

सुनसरीको बर्जु गाउँपालिका-३ अमडुवाबाट प्रहरीले पेस्तोल र लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैचा नगरपालिका-५ मगरटोल निवासी २७ वर्षीय करणकुमार चौधरी र सोही स्थानका २१ वर्षीय प्रकाश चौधरी रहेका छन् ।

उनीहरुको साथबाट मेड इन नयूएसए लेखेको एउटा पेस्तोल, त्यसको २ वटा म्याग्जिन, ३ राउण्ड गोली र लागूऔषध फेनार्गन ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुल, डाइजेल्याव ३५ एम्पुल र सिरिन्ज की थान बरामद गरेको प्रहरीले जनाएको छ। 


0 Comments