Incident Reports

बलात्कारीलाई फासीको माग गर्दै प्रहरी कार्यालय घेराउ

2019-11-21

Madhes, Dhanusha, Janakpur

धनुषाको हंसपुर नगरपालिका–४ मा एक युवतीलाई बलात्कार गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्। गाउँबाट सयौँको संख्यामा आएका स्थानीय जनकपुरधामस्थित प्रहरी कार्यालय घेराउ गरेका हुन्। उनीहरूले बलात्कारमा संलग्न युवकलाई पक्राउ गरी फासी दिनुपर्ने माग गरेका छन । प्रहरीले बलात्कार गर्नेमाथि मुद्दासमेत दर्ता गर्न आनाकानी गरेको उनीहरूको भनाइ छ । कात्तिक २९ गते राति घरमा कोही नभएको मौका छोपेर २० वर्षीया युवतीलाई स्थानीय २१ वर्षीय प्रविण कापरले बलात्कार गरेको उनीहरूको आरोप छ । आरोपी कापर घटनापछि फरार छन्। बलात्कृत युवतीलाई जनकपुरस्थित ओरेक नेपाल नामक संस्थाको सेफ हाउसमा राखिएको छ ।

घटनाको एक साता बितिसक्दा पनि प्रहरीले आरोपी कापरलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय आक्रोशित भएका हुन्। प्रहरी कार्यालयमा धर्ना दिन आएका केही महिलाले बलात्कृत युवतीको इज्जत गइसकेको भन्दै बलात्कारी गर्नेसँगै विवाह गराइ दिनुपर्ने माग पनि राखेका छन्। यता जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले प्रक्रिया नै पूरा नगर्दा उजुरी दर्ता नभएको बताए। पीडितकी आमाले उजुरी दिएर गएको तर हस्ताक्षर नै नगरेको र फोन गरी बोलाउँदा आउनै नमानेको उनले बताए ।

 साभार थाहा खबर

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments