Incident Reports

वडा कार्यालयमा अज्ञात पक्षबाट आगजनी

2019-12-11

Karnali, Jajarkot, Kuse, Ward 6

कुशे गाउँपालिका–वडा नं ६ को वडा कार्यालय सिमलगाउँमा मङ्सिर २५ गते राति १२ बजेतिरको समयमा अज्ञात पक्षले वडा कार्यालयमा रहेका सम्पुर्ण सामग्रीहरूमा आगजनी गरेको वडा अध्यक्ष अमरबहादुर शाहीले जानकारी दिनुभयो ।

वडा कार्यालयमा रहेको क्म्प्युटर एक थान, प्रिन्टर एक थान, इन्भर्टर एक थान, ४० एम्पियरका तीन ओटा सोलार ब्याट्री, तीन ओटा कुर्सी, तीन ओटा टेबुल, दुई ओटा स्टिल दराजलगायत कार्यालयमा रहेका सम्पुर्ण कागजातहरू कार्यालयको कोठाबाट बाहिर निकाली मट्टीतेल छर्केर आगजनी गरिदिएको वडा अध्यक्ष शाहीले बताउनु भयो ।

वडा कार्यालयको ढोकामा लगाएको ताला ह्याक्सो ब्लेडले काटिएको छ । वडा कार्यालयका सम्पुर्ण जिन्सी सामग्री तथा कागजपत्रहरू पुर्ण रूपमा ध्वस्त भएको समेत जनाइएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको घटना स्थलमा प्रहरी टोली खटिएको र घटना घटाउने व्यक्तिहरूको खोजतलास समेत भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दिनेशकुमार श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments