2019-12-15
२९ मंसिर, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्नमाथि कारबाहीको माग गर्दै जिल्लाभरिका निजी विद्यालयहरू आइतबार बन्द गरिने भएका छन् ।
संस्थागत विद्यालय संरक्षण समितिको आह्वानमा धनुषाभरिका नीजि विद्यालय र क्याम्पस बन्द गर्न लागिएको हो ।
समितिका संयोजक चन्द्रनारायण मण्डलले विस्फोटको घटनामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन माग गर्दै सम्पूर्ण निजी विद्यालय तथा क्याम्पसहरू १ दिन बन्द गर्ने निर्णय भएको बताए ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ मा शनिबार बिहान अज्ञात समूहले राखेको बम विस्फोट भएको थियो । विस्फोटमा राजेश्वर साह, जनकपुरधामस्थित सिद्वार्थ शिशु सदनको कक्षा १० मा अध्ययनरत उनका १५ बर्षीय छोरा आनन्द र प्रहरी निरीक्षक अमीर दाहालको मृत्यु भएको थियो ।
प्रहरीले विप्लव नेतृत्वको नेकपाका ३ कार्यकर्ता पक्राउ परे पनि घटना कसले घटायो भन्ने खुलिसकेको छैन ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Strike/Bandh |
Primary Cause | Issues related to legal action and access to justice |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Education sector/teachers (private and public) |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD