Incident Reports

वडाध्यक्षको रिहाइको माग गर्दै नगरपालिकाको कामकाज अनिश्चितकालीन बन्द

2019-12-17

Madhes, Saptari, Shambhunath

सप्तरी – वडाध्यक्ष लक्ष्मी साहको रिहाइको माग गर्दै शम्भुनाथ नगरपालिकाको कामकाज अनिश्चितकालका लागि बन्द गरिएको छ। बलात्कार प्रयासको आरोपमा पक्राउ परेका साहको रिहाइको माग गर्दै नगरपालिकाको कामकाज अनिश्चितकालका लागि बन्द गरिएको हो।

शम्भुनाथ नगरपालिका-१२ का वडाध्यक्ष लक्ष्मी साहलाई बुधबार बलात्कार प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। साहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखिएको छ।

तर शम्भुनाथ नगरपालिकाले मंगलबार एक प्रेस विज्ञप्ति निकाल्दै शम्भुनाथ नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ। साहलाई झुठा आरोप लगाई फसाउन खोजिएको निश्कर्ष निकाल्दै अनिश्चितकालीन बन्दको घोषणा गरिएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Saptari

0 Comments