Incident Reports

सडकमा अण्डा फुटाएर प्रदर्शनमा उत्रिए किसान

2019-12-17

Bagmati, Chitawan, Bharatpur

चितवन- आपूर्तिकर्ताहरुले आफूखुशी अण्डाको मूल्य तय गरेको भन्दै अण्डा उत्पादक किसानले भरतपुरको चौबिसकोठीमा अण्डा फुटाएर प्रदर्शन गरेका छन् ।

अण्डा उत्पादक संघले तोकेको मूल्यभन्दा कम मूल्य राखी आपूर्तिकर्ताहरुले खरिद गर्ने गरेको र बिक्री गर्दा महँगोमा गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनअगाडि रहेको गेष्टहाउस चौरबाट शुरु भएको विरोध प्रदर्शन चौबिसकोठीमा पुगेर अण्डा फुटाएर टुङ्गिएको थियो ।

नेपाल अण्डा उत्पादक संघ केन्द्रीय कार्यसमितिको आयोजनामा १५ पेटी अण्डा फोरेको अण्डा उत्पादक संघका केन्द्रीय कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए । उनले बिचौलिया आफैँले अण्डाको मूल्य निर्धारण गरेर अण्डाको मूल्य घटाएको र पाँचजना किसानलाई प्रहरीले पक्राउ गरेको विरोधमा सडकमै अण्डा नष्ट गरेको जानकारी दिए ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय परिसरअगाडि गेष्टहाउस चौरबाट चौबिसकोठीसम्म नाराबाजी गर्दै ¥यालीसमेत निकालेका थिए ।

उनीहरुले ‘किसानमारा बिचौलिया मुर्दावाद’, ‘अण्डा उत्पादक किसानमाथिको हस्तक्षेप बन्द गर’, ‘देशभरिबाट गिरफ्तार किसान तुरुन्त रिहा गर’ लगायतका नारा लगाएका थिए ।

चितवनमा करिब ४०० जना अण्डा उत्पादक किसान रहेका छन् ।

केही दिनअघि पोल्ट्री व्यवसायी मञ्चमा तोडफोड गरेको अभियोगमा कुखुरा पाल्ने पाँचजना कृषकलाई प्रहरीले पक्राउ गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments