Incident Reports

ठेकेदार भाइले कुटे अधिकृत, वडाअध्यक्ष पक्राउ

2019-12-18

Karnali, Rukum West, Aathbiskot

कर्णाली प्रदेशको रूकुम पश्चिममा पर्ने आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना तथा सञ्चार प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएको छ।

कार्यालयको काम सकेर डेरामा फर्किने क्रममा बुधबार साँझ ६ बजे वडा नम्बर-३ का वडाध्यक्ष केशरमान बिकका भाइ गोपाल बिकको समूहले केसी र चन्दमाथि लुकेर आक्रमण गरेको थियो।

‘हाकिमसाब् र म फर्किँदै थियौं। डेरा भएको घरमा छिर्न लाग्दा एक्कासी उहाँमाथि आक्रमण भयो। म बचाउन जाँदा मलाई पनि कुटपिट गरे,’ सञ्चार प्रविधि अधिकृत चन्दले सेतोपाटीसँग भने,‘भागेर प्रहरीचौकी गएर ज्यान जोगायौं।’

स्थानीय ठेकेदारसमेत रहेका गोपालले पहिलादेखि नै वडाध्यक्ष दाइको आडमा वडाका योजनामा हिनामिना गर्ने गरेको चन्दले बताए।

‘पोहोर साल महालेखाले २९ लाखको बेरूजु देखाएको थियो। उक्त रकम फर्छयौट गराउन पनि अनावश्यक दबाब दिनुहुन्थ्यो। सामाजिक सञ्जालमा पनि व्यंग्य गरेर लेख्नुहुन्थ्यो,’ चन्दले भने,‘तर योसम्मको घटना होला भन्ने हामीले सोचेका थिएनौं।’

गोपालको समूहको आक्रमण परेका केसीलाई पाँच टाँका लगाइएको छ। अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मुसिकोटमा राखिएको छ।

कुटपिटको योजना बनाएको आरोपमा प्रहरीले बुधबार राति नै वडाध्यक्ष केशरमानलाई पक्राउ गरेको छ। उनीमाथि ज्यानमुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रूकुम-पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए। उनका भाइ गोपाल भने फरार छन्।

केशरमान तत्कालीन माओवादी केन्द्रबाट विजयी भएका थिए।

वडाध्यक्ष र उनका भाइविरूद्ध आजै प्रहरीमा जाहेरी दिने चन्दले बताए।

कर्मचारी कुटिएपछि सुरक्षाको माग गर्दै कर्मचारीले आजदेखि नगरपालिकाको काम ठप्प पारेका छन्।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 2
National/Online Media , INSEC

0 Comments