Incident Reports

मालपोत कार्यालय प्रमुखमाथि दुर्व्यवहार

2019-12-17

Province 1, Sunsari, Inaruwa

मालपोत कार्यालय सुनसरीमा कार्यरत मालपोत अधिकृत ५० वर्षीय ध्रुव कोइरालालाई लेखापढी व्यवसायी इनरूवा–२ का ४५ वर्षी जिब्राइल अन्सारीले पुस १ गते हातपात गरेको पीडित पक्षले आरोप लगाएको छ ।

मालपोत कार्यालय इनरूवामा कार्यरत अधिकृत कोइरालालाई अन्सारीले नियोजित रूपमा आक्रमण गरेको पीडित पक्षको आरोप छ ।

कार्यालय समयपछि इनरूवा–३ मा रहेको डेरातर्फ जाने क्रममा आरोपितले दुव्र्यवहार गरेको पीडित कोइरालाले बताउनुभयो ।

मालपोत अधिकृत कोइरालाले आफूले लेखापढी व्यवसायीलाई कार्यालय प्रवेशमा रोक लगाएको र जथाभावी मोठ भिडाउन नदिएपछि त्यसको रिसमा नियोजित रूपमा आक्रमण भएको बताउनुभयो ।

कार्यालय परिसरमै दुर्व्यवहार भएपछि मालपोत कर्मचारीले दोषीलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको डिएसपी यज्ञविनोद पोखरेलले बताउनुभयो । आरोपित फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments