Incident Reports

बालुवाटारमा मृगौला पीडितहरुको धर्ना: ‘प्रधानमन्त्रीको उपचार राज्यले गर्छ, हाम्रो कसले गर्छ ?'

2019-12-18

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । सरकारले उपचारमा सहयोग नगरेको भन्दै मृगौला पीडितहरुले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएक छ्न ।

आफूहरुका माग पूरा गर्न सरकार उदासीन रहेको भन्दै उनीहरुले आज(बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धर्न दिएका हुन् ।

मृगौलापीडित सरोकार समाजको अगुवाइमा उनीहरुले मृगौलापीडितलाई सरकारले दिँदै आएको सुविधा कटौति गरेको भन्दै त्यसको बिरोधमा धर्ना दिएका हुन् ।

प्रधानमन्त्रीको उपचार राज्यले गर्छ, मृगौलापीडितको उपचार कस्ले गर्छ ? भन्दै उनीहरुले मृगौलापीडितको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् ।

सरकारी अस्पतालमा डायलाईसिस गर्नका लागि असुविधा भएको, अस्पताल अनुसार फरक–फरक शुल्क लाग्ने गरेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मृगौला पीडितहरुलाई सरकारले प्रतिमहिना दिदै आएको पाँच हजार रुपैंयाँ औषधि खर्चसमेत सरकारले कटौती गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments