Incident Reports

नौ हजार गोलीसहित एसएलआर बरामद

2019-12-22

Province 1, Sunsari, Barah, Ward 5

धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थित भरौलबाट अत्याधुनिक हतियार एसएलआरसहित ९ हजार गोली बरामद गरिएको छ।आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले भरौलमा स्थानीयको कुखुराको खोरमा जमिन मुनि गाढेर राखेको उक्त हतियासहित ठूलो परिणाममा गोली बरामद गरेको हो।

गोली र हतियार जमिन मुनि राखिएको गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा उक्त हतियार र गोली बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताए। घटनास्थलमा बरामत गरिएको हतियारबारे प्रहरीले मुचुल्का तयार गरिरहेको छ ।

बरामत गरिएको हतियार तत्कालिन माओवादीले सेना समायोजनका बेला लुकाएर राखेको हुनसक्ने अनुमान गरिएको छ। ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरेपछि भरौलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

प्रहरीले यस अगाडि पनि धरानबाट एकथान एसएलआर र एकथान एम १६ हतियारसहित विप्लव कार्यकर्तालाई पक्राउ गरेको थियो। 

National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Sunsari

0 Comments