Incident Reports

बसले ठक्कर दिएपछि विद्यार्थीले जलाए बस, चाबहिल क्षेत्र तनावग्रस्त

2019-12-23

Bagmati, Kathmandu, Kathmandu

पशुपति क्याम्पसमा अध्यनरत विद्यार्थीलाई बसले ठक्कर दिएपछि राजधानीको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ ।

पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई सोमबार(आज) विहान बा ७ ख ५९३० नम्बरको बसले ठक्कर दिएर घाइते बनाएको थियो ।

बसले ठक्कर दिएपछि आक्रोशित बनेक पशुपति क्याम्पसका विद्यार्थीले बस जलाएका हुन् ।

विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका थिए भने बा ३ ख ४४३३ नम्बरको बसमा तोडफोड गरेका छन् ।

आक्रोशित विद्यार्थी र प्रहरीबीच केहीबेर तनावको अवस्थासमेत सिर्जना भएको थियो । घाइते विद्यार्थी पन्तको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments