Incident Reports

अनुगमनको विषयलाई लिएर गाउँपालिका उपाध्यक्षमाथि आक्रमणको प्रयास

2019-12-20

Lumbini, Banke, Rapti Sonari, Ward 4

राप्ति सोनारी गाउँपालिका उपाध्यक्ष ५२ वर्षीया धनिकुमारी खत्रीलाई पुस ४ गते बाटो अनुगमनको विषयलाई लिएर राप्ती रोनारी गाउँपालिका–४ बैजापुरका ३२ वर्षीय ठेकेदार मानबहादुर खड्काले अनुगमनको फाइलमा हस्ताक्षर गर्न दबाब दिँदै आक्रमणको प्रयास गरेको पीडितको आरोप छ ।

बिनौना चोकदेखि मधुवा जोडने पुलसम्मको बाटो बनाउने योजनाको अनुगमन फाइलमा खत्रीले अनुगमन गरेर मात्र हस्ताक्षर गर्ने बताएपछि आक्रमणको प्रयास भएको उपाध्यक्ष खत्रीले बताउनुभयो ।

उहाँले आफ्नो कार्यालयमा आएर धम्की दिँदै दुव्र्यहार, हातपात गरेको र कार्यलय परिसर तोडफोड गरेको बताउनु भयो ।

घटनाका सम्बन्धमा अनुगमन समिति संयोजक तथा उपाध्यक्षहरूले आपत्ति जनाउँदै पुस ६ गते प्रेस विज्ञप्ति जारी गर्नुभएको छ ।

नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर, कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु चौधरी,  बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा बिक रेग्मी, खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बिक, डुडुवा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, जानकी गाउँपालिका उपाध्यक्ष भुमिसरा धिताल, नरैनापुर गाउँपालिका उपाध्यक्ष जगन्ती श्रीवास्तवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा घटनाको पुनरावृत्ति हुने परिस्थिति सृजना नगरिदिन सबैमा आग्रह गर्दै उक्त घटनामा सङ्लग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।


स्मृति देवकोटा


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Private company
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments