Incident Reports

पत्रकारलाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी

2019-12-27

Karnali, Humla, Chankheli

नेपाल टेलिभिजन र नयाँ पत्रिकाका लागि हुम्ला जिल्ला संवाददाता चंखेलि गाउँपालिका–५ बस्ने २९ वर्षीय नरजन तामाङलाई खार्पुनाथ गाउँपालिका–४ बस्ने २८ वर्षीय रामजन शाही र सोही ठाउँ बस्ने ३० वर्षीय जगदिश हमालले ज्यान मार्ने धम्की दिएको भन्दै पीडितले पुस ११ गते प्रहरीमा उजुरी दिनुभएको छ ।

खाद्य डिपोको ताला फोरेर कार्यकर्तालाई चामल वितरण भन्ने विषयको समाचार पुस ४ गते नयाँ पत्रिकामा किन छापेको भन्दै आफु पुस ११ गते फिल्डबाट फर्किने क्रममा आरोपितद्धयले खार्पुनाथ गाउँपालिकाको कार्यालय देखि २० मिटर टाढाको ठाउँमा हातपात गर्न खोज्नुका साथै र मार्ने समेत धम्की दिएको पत्रकार तामाङले बताउनुभयो ।

फिल्डबाट फर्किने क्रममा आफुलाई हाम्रो समाचार किन छापेको ? भन्दै आरोपितद्धयले कुटपिट गर्न खोज्दा स्थानीय आई घटना हुनबाट जोगाएको पत्रकार तामाङको भनाई छ ।

पीडितको उजुरी प्राप्त हुने बित्तिकै याङ्चु प्रहरी चौकीको टोलीलाई पीडितको सुरक्षा तथा घटनाको अनुसन्धानको जिम्मेवारी दिईएको जिल्ला प्रहरी कार्यालय, डिएसपी रामप्रसाद घर्तिमगरले जानकारी दिनुभयो ।


नन्द सिंह


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
INSEC

0 Comments