Incident Reports

चितवनको सप्तगण्डकी र बालकुमारी क्याम्पसमा तोडफोड

2019-12-28

Bagmati, Chitawan, Bharatpur

१३ पुस, चितवन । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पस र नारायणगढको बालकुमारी क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । सत्तारुढ नेकपा समर्थित अनेरास्ववियुका विद्यार्थीले पब्लिक क्याम्पस संघ चितवनले शैक्षिक शुल्क बढाएको भन्दै तोडफोड गरेका हुन् ।

तोडफोडबाट क्याम्पसका झ्यालका सीसा फुटेका छन् । पब्लिक क्याम्पस संघ चितवनले कक्षा ११ र १२ मा २५ प्रतिशत, स्नातक कार्यक्रममा ३० प्रतिशत, सेमेस्टर प्रणालीमा १२ प्रतिशत तथा स्नातकोत्तर तहमा २५ प्रतिशत शुल्क वृद्धि गरेको छ ।

क्याम्पसले एक्कासी शुल्क वृद्धि गरेपछि विद्यार्थी आक्रोशित हुँदा घटना भएको अनेरास्ववियू सप्तगण्डकी क्याम्पस इकाई अध्यक्ष हरि आचार्यले बताए । उनले विद्यार्थी संघसंगठनसँग कुनै परामर्श नगरी एकतर्फी शुल्क बढाइएकोले विरोध गरेको पनि बताए ।

उनले वृद्धि भएको शुल्क लागू हुन नदिने बताए । यसैबीच, अनेरास्ववियुका इकाई अध्यक्ष हरि आचार्य, क्रान्तिकारीका इकाई अध्यक्ष समिर सुवेदी, नेविसंघका राजेश भुसाल र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष ज्ञानसिंह मगरले संयुक्त रुपमा विज्ञप्ति जारी गरी ४८ घण्टाभित्र बढाइएको शुल्क फिर्ता लिन अल्टिमेटम दिएका छन् ।

उनीहरुले बढेको शुल्क फिर्ता लिनुपर्ने, शैक्षिक गुणस्तर कायम राख्न विगतमा गरिएका सहमति कार्यान्वयन गर्नुपर्ने र तत्काल क्याम्पस सभा बोलाउनुपर्ने माग गरेका छन् । विद्यार्थीहरुले क्याम्पस प्रशासनमा तालावन्दीसमेत गरेका छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments