Incident Reports

शुल्क वृद्धिको विरोधमा मकवानपुर बहुमुखी क्याम्पसमा स्ववियुको रिले अनशन

2020-01-07

Bagmati, Makawanpur, Hetauda

२२ पुस, हेटौंडा । शुल्क वृद्धिको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले मकवानपुर बहुमुखी क्याम्पसमा मंगलबारदेखि रिले अनशन सुरु गरेको छ ।

क्याम्पस प्रशासनले नयाँ विद्यार्थी भर्नामा सय प्रतिशत र मासिक शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेपछि स्ववियुको अगुवाइमा विभिन्न विद्यार्थी संगठनले रिले अनशन सुरु गरेका हुन् ।

स्ववियु सभापति कुमार केसी, अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष एमबी बस्नेत र अनेरास्ववियु क्रान्तिकारी क्याम्पस अध्यक्ष रामकृष्ण शिवाकोटी अनशनमा बसेका छन्

क्याम्पस प्रशासनले शुल्क वृद्धि फिर्ता नलिएसम्म अनशन जारी रहने केसीले बताए ।

विद्यार्थीलाई मारमा पर्ने गरी शुल्क वृद्धिको विरोधमा मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुले रिले अनशन गरिरहेको छ। भर्नामा शतप्रतिशत र मासिक शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धिपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

शुल्क वृद्धिको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ले पनि अनशनलाई समर्थन गरेको छ। आन्दोलन जारी राखे पनि क्याम्पस प्रशासनले कुनै सुनुवाइ नगरेको क्याम्पसका स्ववियु सभापति कुमार केसीले बताए। क्याम्पस प्रशासनले शुल्क वृद्धि फिर्ता नलिएसम्म अनशन जारी रहने उनले बताए।

तर, क्याम्पस प्रशासनले शिक्षक, कर्मचारीको २ पटक तलब वृद्धि भएपछि ८ वर्षपछि शुल्क वृद्धि गरेको जनाएको छ । 'यो सेमेस्टरमा पढ्ने विद्यार्थीबाहेकको हकमा वृद्धि भएको हो, आठ वर्षपछि बढ्दा केही धेरै देखिए पनि समयसापेक्ष छ', क्याम्पसप्रमुख डा. शंकर उपाध्यायले भने ।

क्याम्पसमा करिब ५५ सय विद्यार्थी अध्ययनरत छन् ।आन्दोलनरत विद्यार्थीलाई वार्तामा बोलाएर क्याम्पस प्रशासन भने नआएको विद्यार्थीले आरोप लगाएका छन्। वार्तामा क्याम्पसप्रमुख उपस्थित नभएपछि विद्यार्थीहरूले वार्ता बहिष्कार गरेको बताएका छन्।

वार्तामा बोलाएर सञ्चालक समितिका सदस्यसचिव तथा क्याम्पसप्रमुख डा. शङ्कर उपाध्याय नआएपछि दुई संगठनले वार्ता बहिष्कार गरेको आन्दोलनरत विद्यार्थीहरूले जनाएका छन् ।

वार्तामा सञ्चालक समितिका तर्फबाट हीरालाल श्रेष्ठ, विष्णुप्रसाद दाहाल, कृष्ण धिताल, राजीव सुवेदी, नवराज विष्ट रहेका थिए। विद्यार्थी संगठनलाई पठाएको पत्रमा वार्ता टोलीमा सञ्चालक समितिका सदस्यसचिव तथा क्याम्पसप्रमुख डा. शङ्कर उपाध्यायको पनि नाम उल्लेख गरेको तर वार्तामा क्याम्पस प्रशासनका कर्मचारी विष्णु श्रेष्ठलाई पठाएपछि बहिष्कार गरेको विद्यार्थीहरूले बताएका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Makwanpur

0 Comments