Incident Reports

मध्यपहाडी लोकमार्गको रुट परिवर्तन गरेको भन्दै विरोध

2020-01-12

मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित मध्यपहाडी लोकमार्ग प्रभावितहरू विरोधमा उत्रिएका छन् । यसअघि सडकको नक्सांकन भएको रुट छाडेर खेतीयोग्य जमिन मास्न लागेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।

यसअघि आवास क्षेत्रमा पर्नेगरी सडक डिभिजनले कायम गरेको ४२ मिटर फराकिलो बाटोलाई छलेर नयाँ ६४ मिटरको सडक कायम गर्न छलकपट भएकाले विरोधमा उत्रिएको संघर्ष समितिले जनाएको छ । नयाँ रुटले खेतीयोग्य जमिन मासिनुका साथै भोर्लेटारको विकास पनि पछाडि धकेलिने उनीहरूको भनाइ छ । सरकारले बजार क्षेत्रलाई आवास क्षेत्र घोषणा गरेर ३० मिटर कायम गरी सुरुमा नक्सांकन गरेको रुट नै उत्तम भएको स्थानीय रामकृष्ण घिमिरेले बताए ।

नयाँ रुटअन्तर्गतका प्रभावितहरूले संघर्ष समिति नै गठन गरेर नयाँ रुट खोल्न नदिने चेतावनीसहित विरोध र्‍याली निकालेको प्रभावित संघर्ष समिति भोर्लेटारका अध्यक्ष हरिबहादुर थापाले बताए । उनले भने, ‘हामी सडकविरोधी होइनौँ, सुरुमा नक्सांकन गरिएको रुटबाटै काम सुरु गरिनुपर्छ भन्ने मात्र हाम्रो माग हो ।’ रुट परिवर्तन गर्दा खेतीयोग्य जमिन मासिएर केही परिवारको उठिबास नै हुने उनको भनाइ छ ।

राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङमा करिब ४५ किलोमिटर पर्छ । त्यसमा सुन्दरबजार क्षेत्रमा आठ र मध्यनेपालको भोर्लेटारमा एक किलोमिटर गरी जम्मा नौ किलोमिटरमा स्थानीयले अवरोध गरेका कारण सडक निर्माण अझै सुरु हुन सकेको छैन । आयोजनाका अनुसार मध्यपहाडी लोकमार्गको चौडाई साढे आठ मिटरको दुई लेन हुनेछ । आर्थिक वर्ष ०६४/०६५ बाट सुरु गरिएको मध्यपहाडी लोकमार्ग २४ जिल्ला जोडिएर एक हजार सात सय ६५ किलोमिटर लामो हुने छ । त्यसमा करिब एक हजार किलोमिटर पुरानो र चल्तीकै सडक रहेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments