Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2020-01-22

Lumbini, Dang, Babai, Ward 1

 दाङ, ७ माघ     

बबई गाउँपालिका-१ डाँडागाउँबाट भरुवा बन्दुक १ नाल सहित सोही स्थान बस्ने चुकिलो कामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा उक्त बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।      

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments