Incident Reports

सर्लाहीका उखु किसानद्वारा अन्नपूर्ण सुगर मिलअगाडि टायर बालेर प्रदर्शन

2020-01-25

Madhes, Sarlahi, Dhankaul

सर्लाही - गएकाे पुस १८ गते आफूहरुसँग सरकारले गरेको सहमति अनुसार भुक्तानी नपाएको भन्दै सर्लाहीका उखु किसानले शनिबार धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलको मूल गेटमा टायर बालेर प्रदर्शन गरेका छन् ।

अन्नपूर्ण सुगर मिलले किसानलाई तीन वर्षदेखिको करिब ४० करोड भुक्तानी गर्न बाँकी रहेको छ । सरकारसँग गरेकाे पूर्व सहमति अनुसार माघ ७ गतेभित्र सबै किसानलाई मिलले भुक्तानी नदिएकाले आफूहरु बाध्य भएर अन्दोलन गर्नुपरेको उखु किसान रामविश्वास रायले बताउनुभयो। 

किसानहरुले पुरानो बाँकी रकम नपाएसम्म उद्याेगको मूल गेटमा धर्ना जारी राख्ने जनाएका छन् । त्यस्तै अहिले सर्लाहीको हरिवनमा नेपाल उखु उत्पादक महासंघको बैठक बसेकाे छ।

सरकारले उखु किसानसँग गरेको सहमति कार्यान्वयन नगरेकाले आगामी रणनीति तयार गर्न बैठक बसेको अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments