Incident Reports

युवालाई आक्रमण गर्न आएका ५ गुण्डा हतियारसहित पक्राउ

2020-01-19

Lumbini, Banke, Kohalpur

बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले घरेलु हतियारसहित ५ जना युवाहरुलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका वडा नं १० स्थित एक होटलमा घरेलु हतियार जम्मा गरेर आक्रमणको योजना बनाईरहेको अवस्थामा ५ जना युवाहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी कुलदिप चन्दले जानकारी दिए । 

हतियारसहित पक्राउ पर्नेमा नेपालगन्ज वडा नं ७ का अंकित थापा, नेपालगन्ज वडा नं ७ कै प्रविन थापा, समिर खान, बारबर्दिया नगरपालिका प्रितम थापा र खजुराका रबि विक रहेका छन् । 

प्रहरीका अनुसार पक्राउ परेका युवाहरुले कोहलपुरकै एक युवकलाई आक्रमण गर्ने योजना बनाएर आएका थिए ।

National/Online Media , Local Newspaper - Banke

0 Comments