2020-01-25
११ माघ, काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । ‘पश्चिम सेतीका लागि काठमाडौंमा कचौरा’को नारा दिएर युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
आफूहरु आयोजनाका लागि कचौरा लिएर माग्न बसेको आयोजक बोलन्य थली धजगढीका संयोजक यादव जोशीले बताए । उनले भने, ‘आयोजना बन्ने आशमा अजनजीविकासँग जोडिएको काम पनि गर्न नपाउने, आयोजना पनि नबन्ने अवस्था बन्यो । यो तत्काल अन्त्य गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’
सरकारले सन् २०१२ मा पश्चिम सेती आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिएको थियो । तर लामो समय आयोजना ओगटेर बसेको उसले क्षमता घटाएर पनि बनाउन चाहेन । बाँधस्थल प्रस्तावित स्थानको भूगर्भ, उचाई र प्रभावितको पुर्नस्थापना लगायतको कारण देखाएर पश्चिम सेती बाहिरयो ।
अहिले एसआर-६ समेत बनाउने गरी पश्तिम सेतीका लागि लगानीकर्ताको खोजी भइरहेको छ ।
Violent / Non-violent | Nonviolent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Demonstration |
Primary Cause | Access/control of water resources (irrigation, hydropower) |
Actor 1 - Number of people | 25 |
Actor 1 - Affiliations | Protesters/demonstrators |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD