Incident Reports

कारागारका कैदीबन्दीद्वारा विरोध प्रदर्शन

2019-10-31

Lumbini, Banke, Nepalgunj

नेपालगञ्जस्थित कारागारका कैदीबन्दीहरु विरोध प्रदर्शन गरेका छन्।

कारागारका चौकिदार नाइके र जेल प्रशासनबाट ज्यादति भएको भन्दै उनीहरु बिहीबार विरोधमा उत्रिएका हुन्।

बिहान केही घण्टा कारागारभित्रै नाराबाजी गरेका कैदीबन्दीहरुले भित्रबाटै ताला लगाएर विरोध प्रदर्शन गरेका थिए। कैदीबन्दीहरुले नाइके भरत फडेरा र अर्का कैदी मानबहादुर शाहीलाई बाहिर निकालेर कारागारको मुख्य ढोकामा भित्रबाट ताला लगाएका थिए। जानकारीमा आएअनुसार, कारागार प्रशासनले गत साउन १५ गते कैदीहरुको नाइके (चौकिदार) को जिम्मेवारी भरत फडेरालाई दिएको थियो। जिम्मेवारी पाएलगत्तै फडेरा र उनका सहयोगीले कैदीहरुको सेवासुविधा कटौती गरीदिएपछि कारागारमा तनाव सृजना भएको बताइन्छ । सम्बद्ध एकका अनुसार, आफुहरुले पाउँदै आएको सेवासुविधा काटिएपछि कारागारमा रहेका कैदीबन्दी आक्रोशित हुँदै विरोधमा उत्रिएका हुन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Others
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Banke

0 Comments