Incident Reports

अज्ञात व्यक्तिको समूहद्वारा वडा कार्यालयमा आगजनी

2020-01-26

Karnali, Rukum West, Banfikot, Ward 9

बाँफीकोट गाँउपालिका–९ स्थित वडा कार्यालयमा ०७६ माघ १२ गते राति अज्ञात व्यक्तिको समूहले आगजनी गरेको छ ।

उक्त समूहले वडा कार्यालय तोडफोड गर्नुका साथै कार्यालयमा रहेका कम्प्यूटर, प्रिन्टर, क्यामरा र रसिद लगायत सामान जलाएको प्रहरीले जनाएको छ ।

कार्यालयको सामाग्री कोठाबाहिर निकालेर आगो लगाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले बताउनु भयो । राति १० बजेतिर वडा कार्यालयको सामान जलिरहेको प्रहरीले जनाएको छ ।

वडा कार्यालयका फर्निचर, कुर्सी शोफासेटका साथै तीन वर्षदेखिका महत्वपूर्ण कागजात जलेर नष्ट भएको वडाध्यक्ष कविराम खत्रीले बताउनु भएको छ । आगजनीबाट वडा कार्यालयको अनुमानित तीन लाख रुपियाँ बराबरको सामाग्री क्षति भएको उहाँको भनाइ छ । उहाँका अनुसार उक्त समूहले कार्यालयका सामाग्रीहरू कोठाबाहिर निकालेर आगो लगाएको छ । वडा कार्यालयको सामान जलिरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए ।

वडा कार्यालयको सामाग्री कसले, किन जलाएको नखुलेको र अनुसन्धान भइरहेको डिएसपी केसीले बताउनु भयो । आगजनीको खबर पाएलगत्तै राति नै प्रहरी वडा कार्यालय पुगेर मुचुल्का उठाइसकेको जनाएको छ ।

 

मनिषा केसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Secondary Form Vandalism
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments