Incident Reports

दुध बेच्न हिँडेकी तामाङलाई टिपरले किच्यो, स्थानीयले गरे दुई दर्जनबढी टिपर र स्काभेटरमा तोडफोड

2020-01-31

Gandaki, Gorkha, Gorkha, Ward 10

गोरखा– टिपरले ठक्कर दिँदा महिलाको ज्यान गएपछि गोरखाको छेपेटार क्षेत्र तनावग्रस्त बनेको छ ।

दूध बिक्रीका लागि बजार हिँडिरहेकी महिलालाई गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिँदा उनको ज्यान गएको छ ।

टिप्परको ठक्रबाट गोरखा नगरपालिका १० अमलापानीका ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएको थियो । क्रसरबाट निस्केको टिपरले उनलाई किचेको डिएसपी वासुदेव खतिवडाले जानकारी दिए ।

महिलाको ज्यान गएपछि स्थानीय आक्रोशित बनेका छन् । उनीहरुले उक्त क्रसर उद्योगमा रहेका दुई दर्जन बढी टिप्पर र स्काभेटरमा तोडफोड गर्नुका साथै केहीमा आगजनीसमेत गरेका छन् ।

तामाङको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा स्काभेटर तोडफोड गरेका हुन् ।

महिलालाई ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएपी खतिवडाले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Fire
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 24
Severely damaged Vehicles 24
National/Online Media

0 Comments