Incident Reports

विद्यार्थीद्धारा विद्यालयमा तालाबन्दी

2019-10-15

Madhes, Rautahat, Gujara, Ward 4

शिक्षकको विषयलाई लिएर रौतहटको गुजरा नगरपालिका ४ माध्यमिक विद्यालय कनकषुरका विद्यार्थीले, - मंगलबार विद्यालयमा तालाबन्दी गरेका छन। विद्यालयमा सामाजिक र नेपाली विषयको शिक्षक नहुंदा पढाई प्रभाबित भएको भन्दै विद्यार्थीहरुले विद्यालयको मुल गेट र प्रधानाध्यापकको कार्यकक्षमा तलाबन्दी गरेका छन ।  विषयको शिक्षक पनि दुई महिनादेखी नरहेको कारणले आफुहरुको पढाई प्रभावित हुँदै आएको भन्दै कक्षा ६ देखी १० सम्मका विद्यार्थीहरुले मंगलबार पढाई स्थगीत गरी विद्यालयमा ताल्चा लगाएर विरोध प्रदर्शन गरेको हो । शिक्षकको व्यवस्था गर्न प्रअलाई आफुहरु पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरेकाले बाध्य भएर आज ताल्चा लगाएको कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले बताए। यति सीव नभएर विद्यालयका विज्ञान विषयका शिक्षक नियमित नआउने, मा प्रयोगशालामा सामग्रि कमाएको, कम्प्युटर ल्याव प्रयोग बिहिन अवस्थामा पुगेको, कक्षा ७ र ८ मा कम्प्युटर विषयको पनि पढाई नभएको भन्दै आक्रोसित विद्यार्थीहरुले विद्यायमा आज केहि बेर प्रदर्शन गरेको थियो।

तालाबन्दी पछि विद्यालयका प्रअ मनोज यादव र वडा अध्यक्ष पवन गिरीले तुरुन्त शिक्षकको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएपछि विद्यार्थीहरुले ताल्चा खोलेका थिए। प्रधानाध्यापक मनोज यादवले विद्यालयमा शिक्षकको अभाव रहेको स्वीकार गरेका छन । विद्यालयमा ८ जना शिक्षक हुनुपर्ने भएपनि तिन जनाको मात्रै दरबन्दी रहेकोले समस्या भएको प्रअ यादवले बताए। शिक्षक अभावको कारण एक जना शिक्षकलाई दुईवटा विषय पढाउनु परि रहेको उहाले बताए। अवको केहि दिनमै नेपाली र समाजिक दुवै विषयको शिक्षक विद्यालयमा आउने प्रअ. यादवले बताएका हुन् । शिक्षा कको दरबन्दी स्कुलमा भइसकेको र भोली पर्सीमा शिक्षा ईकाइ प्रमुख गोकर्णध्वज विद्यालयमा आउने र उहा आउने वितिकै शिक्षक अभावको समस्या समाधान हुने प्रअ यादवले बताएका हुन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments