2020-02-18
भूपू गोरखा सैनिक र उनीहरूका परिवारले पोखरास्थित ब्रिटिश क्याम्प अगाडि धर्ना दिएका छन् । उनीहरू विभिन्न भाग राखेर मंगलबार विहानैदेखि ब्यानर, प्लेकार्ड सहित धर्नामा बसेका हुन ।
समान पेन्सन, क्षतिपुर्ती लगायतका माग राखेर आन्दोलनरत भूपू गोर्खा सैनिकहरूले बेलायतका सेनाध्यक्ष आर्मी चिफ अफ जनरल स्टाफ मार्क कार्लटन स्मिथसम्म आफ्नो माग पु¥याउन धर्ना दिएका हुन । गत शनिबार काठमाडौं आइपुगेका सेनाध्यक्ष स्थिम यतिबेला पोखरामा छन् ।
बेलायती सेनामा भर्तीका भएका ४४३ जनालाई कसम खुवाउने कार्यक्रममा सहभागी हुन स्मिथ पोखरा गएका हुन । उनीहरूलाई कसम खुवाउने कार्यक्रम छ ।
१५ मार्चभित्र वार्ता कमिटी बनाउन माग
परराष्ट्र मन्त्रालयले गत हप्ता त्रिपक्षीय सन्धि पुनरावलोकन र भूपू गोर्खाहरूको समस्याबारे वार्ताको प्रस्ताव गरेर पत्र पठाएको छ । काठमाडौंस्थित ब्रिटिश राजदुतावासमार्फत पठाइएको पत्रमा सन् २००७ देखि बेलायती सेनामा भर्ती भएकाहरूले समान तलब र पेन्सन उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरिएको छ ।
तर अझै पनि भूतपूर्व गोर्खाका कतिपय गुनासा समानता, न्याय र निष्पक्ष सम्बोधन आवश्यक रहेको पत्रमा उल्लेख छ ।
नेपाल सरकारले पत्र पठाइसकेको सन्दर्भमा अब बेलायत सरकारले आफ्नो दायित्व पुरा गर्नुपर्ने धर्नाकारीको माग छ । उनीहरूले १५ मार्च भित्र वार्ता कमिटी गठन गरेर आफ्ना गुनासाहरू सम्बोधन गर्न माग गरेका छन् ।
Violent / Non-violent | Nonviolent |
Onesided / Twosided | Onesided |
Primary Form | Demonstration |
Primary Cause | Other governance issues |
Actor 1 - Number of people | 50 |
Actor 1 - Affiliations | Protesters/demonstrators |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Other state institutions |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD