Incident Reports

वन अधिकृतले दुर्व्यवहार गरेको महिला कर्मचारीको आरोप

2020-02-19

Madhes, Rautahat, Chandrapur

चन्द्रपुर नगरपालिकाको दर्ता चलानी शाखामा कार्यरत ५० वर्षीया महिला कर्मचारीलाई आफु वन अधिकृत हुँ भन्दै चन्द्रपुर नपा–४ निवासी ४५ वर्षीय रामकेवल राय यादवले दुर्व्यवहार गरेको पीडित महिलाको आरोप छ ।

फागुन ७ गते नक्सा पासको कागजातमा इन्जिनियरको हस्ताक्षर नभएकाले यत्तिकै चलानी गर्न नमिल्ने चन्द्रपुर नगरपालिकाको महिला कर्मचारीले बताउनु भएपछि रामकेवल राय यादवले आफु वन अधिकृत हुँ भन्दै महिला कर्मचारीलाई दुर्व्यवहार गरेका छन् । म को हो ? चिनेकी छेस् ? तँलाई घिसारेर बाटोमा लैजान्छु भन्दै हातपात गर्न खोजेको नगरपालिकाका कर्मचारीहरुले जानकारी दिएका छन् । तँ कुन तहको कर्मचारी होस ? भन्दै अश्लिल शब्द प्रयोग गर्दै हातपात गर्न खोजेपछि पीडित महिला कर्मचारी सहितको टोलीले चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीलाई जानकारी गराउनु भएको छ ।

जानकारी गराउनेमा शाखा अधिकृत उमा गैरापिल्ली, रोजगार संयोजक शान्ता तिमल्सिना, महिला विकास निरीक्षक चन्द्रकला बराल, सहायक पाँचौ उर्मिला अर्याल, सहायक लेखापाल गंगाकुमारी खड्का, सहायक चौथो अजिता पौडेल, सहायक चौथो अजिता शर्मा, सहायक कम्प्युटर अपरेटर सृजना कुमारी कोइराला, एम आई एस अपरेटर विक्रम चौधरी लगायत सम्पूर्ण कर्मचारीहरूले संयुक्त रुपमा आक्रमक शैलीमा प्रस्तुत भएका यादवले महिला कर्मचारीलाई दुर्व्यवहार गर्दै असुरक्षित कार्य वातावरण सृजना गरेको र कर्मचारीको मानहानी भएकोे भन्दै नगरप्रमुख रामचन्द्र चौधरी समक्ष सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन् ।

यस विषयमा नगरप्रमुख रामचन्द्र चौधरीले कार्यपालिकाको बैठकबाट निर्णय गरी दुर्व्यवहार गर्ने जो–कोहीलाई जवाफदेही बनाउन इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा जानकारी गराउने बताउनु भयो ।


कोपिला तिमल्सिना


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments