Incident Reports

बम विष्फोटन गराउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

2020-02-19

Province 1, Sunsari, Dharan, Ward 8

सुनसरी । धरान उपमहानगरपालिका-१८ स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको कम्पाउण्डभित्र रहेको दिल्ली पब्लिक स्कूलको गेटमा २०७६ भदौ २० गते बम बिष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ केराबारी गाउँपालिका-६ डाँगी बस्ने ३८ वर्षीय गोपाल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई धरान उपमहानगरपालिका-८ बरगाछी चोकमा फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट मोबाइल ४ थान र डायरी ४ थान समेत प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।   


National/Online Media , Local Newspaper - Jhapa

0 Comments