Incident Reports

नौ लाख क्षतिपूर्ति दिने सहमतिपछि खुल्यो राजमार्ग

2020-02-28

Madhes, Sarlahi, Hariwan, Ward 4

ट्रकको ठक्‍करबाट एक युवकको मृत्यु भएपछि सर्लाहीको सासापुरमा अवरुद्ध पूर्व-पश्चिम राजमार्ग मंगलबार  दिउँसोबाट सूचारु भएको छ। हरिवन नगरपालिका ४, सासापुर गणेश चोकस्थित पूर्व-पश्चिम राजमार्गमा शुक्रबार राती ना ८ ख ८५२१ नम्बरको ट्रकले ठक्‍कर दिँदा ना ४८ प १७०१ नम्बर मोटरसाइकलका चालक स्थानीय २१ वर्षीय रोशन भुजेलबको घटनास्थलमै मृत्यु भएको थियो ।

भुजेलको मृत्यु भएपछि आक्रोशित स्थानियबासीले शुक्रबार राती साँढे ८ बजेदेखि पौने १२ बजेसम्म र शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दुई पटक राजमार्ग अवरुद्ध पारेका थिए ।

राजमार्ग अबरुद्ध भएपछि सयौं सवारी अलपत्र परेका थिए । आक्रोशित स्थानियबासीले ठक्‍कर दिने ट्रकमा शुक्रबा राती नै आगजनी समेत गरेको थियो । ट्रकधनी, नारायणी यातायात प्रालि र मृतक पक्षबीच क्षतिपूर्ति दिने सहमति भएपछि राजमार्ग खुलाइएको छ।

इलाका प्रहरी कार्यालय हरिवनमा भएको छलफलमा मृतक युवकका परिवारलाई कानुनअनुसार प्राप्त हुने पाँच लाख रुपैयाँमा ट्रक धनीले दुई लाख ५० हजार रुपैयाँ र नारायणी यातायात प्रालिले एक लाख ५० हजार रुपैयाँ गरी जम्मा नौ लाख रुपैयाँ उपलब्ध गराउने सहमतिमा राजमार्ग खुलाइएको प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन्।

ट्रकका चालकको लापरवाहीले दुर्घटना भएको पाइएमा कानुन बमोजिमको कारबाही गर्ने सहमति समेत भएको छ । सहमति भएसँगै मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङगवा ल्याएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Strike/Bandh
Weapons Fire
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments