Incident Reports

२ थान भरुवा बन्दुकसहित एकजना पक्राउ

2020-03-05

Lumbini, Bardiya, Gulariya, Ward 9

दुई थान भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई बिहीबार पक्राउ गरेको छ । सदरमुकाम गुलरिया नगरपालिका—९ टपरी गाउँस्थित माछा पोखरीको किनारमा रहेको ५७ वर्षीय दिपबहादुर खड्काको सानो झुपडी घरमा भरुवा बन्दुक २ थान पक्राउ गरेको छ ।
प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले गोप्य सूचनाका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानको खान तलासी गर्दा भरुवा बन्दुक दुई थानसहित त्यसमा लाग्ने गोली १९, बारुदको डब्बा २ थान, फलामको बेरिङसहितको डब्बा २ थान फेला पारेको बताए । प्रहरीले घटनास्थलबाट खड्कालाई पक्राउ गरी हातहतियार तथा खरखजना मुद्दा दायर गरेको जनाएको छ ।

National/Online Media

0 Comments