Incident Reports

वडा कार्यालय सार्ने निर्णयको विरोधमा तालाबन्दी

2020-03-03

Lumbini, Dang, Tulsipur, Ward 4

वडा कार्यालय सार्न नहुने भन्दै स्थानीयले तुलसीपुर उपमहानगरपालिका–४ को वडा कार्यालयमा तालाबन्दी गरेका छन्। रक्षाचौर मजुवामा रहेको वडा कार्यालय वनहरीमा सार्न लागेको विरोधमा स्थानीयले फागुन १७ देखि तालाबन्दी गरेका हुन्। लामो समयदेखि भएको तालाबन्दीकाले कामकाज ठप्प भएको छ। वडा कार्यालय सार्न नहुने पक्षसँग नगरप्रमुख घनश्याम पाण्डे र वडाध्यक्ष बालकृष्ण राणाले गत शुक्रबार नै संघर्षसमितिसँग वार्ता गर्ने बताए पनि अहिलेसम् सम्पर्क नगरकेो वडा कार्यालय सार्न नहुने पक्षका संघर्ष समितिका संयोजक ढुण्डीराज खनालले बताए। समितिले वडा कार्यालय वनहरीमा सार्ने निर्णयलाई तत्काल फिर्ता गर्नुपर्ने स्थानीयहरुको माग रहेको उनले बताए।

कार्यालय सञ्चालन गरिएका भौतिक संरचनालाई खाली गर्ने र अर्को स्थानमा सारी नयाँ भौतिक संरचना बनाउँदा वित्तीय खर्च र झण्झटिलो हुने स्थानीयको भनाइ छ। वडा नम्बर ४ मुलकोटका भुपबहादुर पुनले अहिले वडा कार्यालय लाने भनिएको ठाउाँ भौगोलिक रुपमा सबैलाई पाएक नपर्ने बताएँछन्। उनले सीमित व्यक्तिको स्वार्थका लागि वडा कार्यालय सार्न लागेको आरोप लगाए। वडा समितिले वडा कार्यालय सार्ने निर्णय गरे पनि तत्काल नसर्ने तुलसीपुर उपमहानरपालिकाका कार्यवाहक नगरप्रमुख एवं प्रवक्ता सूर्यबहादुर डाँगी बताउँछन्। त्यसैले वडा कार्यालयमा ताला लगाइहाल्नुपर्ने अवस्था नभएको उनको दाबी छ। स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडा कार्यालय सार्न नगरसभाको दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने भएकाले उल्लेख गर्दै प्रवक्ता डाँगीले अहिले वडा समितिले मात्र निर्णय गरेको बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments