Incident Reports

पेस्तोल सहित पक्राउ

2020-03-11

Madhes, Rautahat, Gadhimai, Ward 6

रौतहट, २७ फागुन   

गढिमाई नगरपालिका-६ धरमपुरबाट कटुवा पेस्तोल १ थान र गोली ३ सहित दुई जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही धनकौल गाउँपालिका-६ छर्तौल बस्ने २६ वर्षीय राजेश राम र सोही ठाउँ बस्ने २१ वर्षीय सुरज राम रहेका छन् । ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरीले बिआर ३० यु ८३८२ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राजेशलाई कटुवा पेस्तोल १ थान र गोली राउण्ड २ राउण्ड तथा सुरजलाई कटुवा पेस्तोलमा लाग्ने गोली १ राउण्ड र मोबाइल २ थान सहित फेला पारी पक्राउ गरेको हो ।   

 यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments