Incident Reports

राजपा नेपालका कार्यकर्ताले सञ्चार उद्यमीलाई ज्यान मार्ने धम्की दिएको आरोप

2020-03-09

Madhes, Dhanusha, Janakpur

जनकपुर टेलिभिजनका सञ्चालक रहेका औषधी व्यवसायी सङ्घका महासचिव प्रमोद अग्रवाललाई राजपा नेपालका कार्यकर्ता रहेका होटल व्यवसायी धर्मेन्द्र कुमार साहले फागुन २६ गते दुव्र्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको आरोपमा जनकपुर टेलिभिजन र मधेशी पत्रकार समाज प्रदेश २ ले छुट्टा छुट्टै प्रेस विज्ञप्ति जारी गर्दै ज्यान मार्ने धम्की दिने धर्मेन्द्र साहलाई कारवाही गर्न प्रशासनसँग माग गरेका छन् ।

रामचौकस्थित प्रमोद अग्रवालले लिजमा लिएको गुठीको जग्गाबाट १० फिट जग्गा आफुलाई दिन माग गर्दै आएको होटल व्यवसायी साहले दुव्र्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको पीडित अग्रवालले बताउनु भएको हो ।

सडक विस्तारको क्रममा होटल व्यवसायी साहको जग्गा सडकमा गएपछि साहले अग्रवाललाई गुठीको जग्गाबाट १० फिट आफुलाई दिन भन्दै खाली गराउने दबाब दिँदै आएको पीडित अग्रवालले बताउनु भएको छ ।

गत पुस २२ गते जनकपुरधाम उमनपामा मेयरको प्रतिक्रिया लिन पुग्नु भएका पत्रकारहरूमाथि कुटपिट घटनामा संलग्न रहेको आरोपमा गिरफ्तार भई व्यवसायी धर्मेन्द्र साह जिल्ला प्रशासन कार्यालय धनुषामा धरौटी बुझाएर रिहा हुनु भएको थियो ।


दिपेन्द्रप्रसाद सिंह


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Access/control of public land
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
INSEC

0 Comments