Incident Reports

सेवाग्राहीलाई वडाअध्यक्षले कुटे, पक्राउ चाही सेवाग्राही परे

2020-02-28

Madhes, Dhanusha, Janaknandani, Ward 1

धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष र एक सेवाग्राहीबीच कुटाकुट भएको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । सेवा लिन वडा कार्यालय पुगेका वडा नं. १ बस्ने स्थानीय अरबिन्द यादवसँग वडाध्यक्षको कुटाकुट भएको हो ।

वडा नं. १ का वडाध्यक्ष धर्मेन्द्र गोईत र अरबिन्द यादवबीच कुटाकुट हुँदा अरबिन्द घाईते भएको जनाइएको छ । इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरिक्षक हिरेन्द्र रोकायाका अनुसार सेवाग्राही अरबिन्दले वडाध्यक्ष गोईत उपर अपशब्द प्रयोग गरेपछि हात हालाहाल भएको थियो ।

वडाध्यक्ष गोईतका अनुसार सेवा लिन वडा कार्यालय आएका अरबिन्दको कागजात अपुग भएको र बल पूर्वक कार्य गर्न भने पछि आफू नगरेको दाबी गरेका छन् । आफू कानुन विपरित कार्य नगर्ने भनेपछि अपशब्द प्रयोग गरेपछि हात हालेको गोइत बताउछन् ।

यता, अरबिन्दका परिवारले वडाध्यक्षले धेरै दिनदेखि कुराएको र काम गराउन जाँदा बहाना बनाएपछि अपशब्द प्रयोग गरेको दाबी गरेको छन् । वडाध्यक्ष गोईत र सेवाग्राही यादवबीच हात हालाहाल हुँदा अरबिन्दलाई चोट लागेको प्रहरीले जनाएको छ ।

अरबिन्दलाई निधारमा चोट लागेको तथा उनको अवस्था समान्य रहेको जनाइएको छ । वडाध्यक्ष गोईतले आफूमाथि अपशब्द र दुरव्यवहार गरेको भन्दै ईलाका प्रहरी कार्यालय खजुरीमा जाहेरी दिएपछि अरबिन्दलाई नियन्त्रणमा लिएको जनाइएको छ । परिवारजनले भने प्रहरीले बलपूर्वक अरबिन्दलाई पक्राउ गरी उल्टै भित्र हालेको आरोप लगाएका छन् । उल्टै वडाध्यक्ष गोईतले अरबिन्दलाई कुटपिट गरी रगत बगाए पनि वडाध्यक्षलाई केही नगरी अरबिन्दलाई पावरको भरमा नियन्त्रणमा लिएको आरोप लगाएका छन् । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments