Incident Reports

डाक्टर कुट्नेलाई कारबाहीको माग गर्दैै चिकित्सकहरु आन्दोलित

2020-03-18

Lumbini, Rupandehi, Siddharthanagar

५ चैत, बुटवल । डाक्टरमाथि कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै युनिभर्सल मेडिकल कलेज भैरहवाका चिकित्सकहरुले गरेको आन्दोलन (पेन डाउन ) का कारण उपचार सेवा प्रभावित भएको छ ।

आवासीय चिकित्सक र इन्टर्नसीपमा कार्यरत करिब दुई सय चिकित्सकले बिरामीको चेकजाँच र उपचार नगरी धर्नामा बस्दा उपचार सेवा प्रभावित भएको हो ।

आन्दोलनका कारण इमर्जेन्सी र ओपीडीमा बिरामीले उपचार गराउन पाएका छैनन् भने आईसीयूमा पनि नयाँ विरामी भर्ना रोकिएको आन्दोलनमा संलग्न डा. राजीव यादवले जानकारी गराए ।

स्टुडेन्ट वेलफेयर कमिटिको नेतृत्वमा चिकित्सकको सुरक्षाको ग्यारेण्टी र डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही र नभएसम्म काम नगर्ने गरी चिकित्सकहरुले मंगलबारदेखि पेन डाउन गरेका हुन् ।

डाक्टरमाथि कुटपिट गर्नेलाई कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपनि हालसम्म दोषीमाथि कारवाही नभएको र डाक्टरको सुरक्षाको ग्यारेन्टी नभएकाले आन्दोलन जारी राख्नुपरेको डा. यादवले बताए ।

नवलपरासी बर्दघाटकी ५० वर्षीया यमकुमारी बुढामगरको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएपछि उपचारमा लापरबाहीका कारण मृत्यु भएको भन्दै डाक्टरमाथि कुटपिट भएको थियो । बिरामीका आफन्तले आईसीयूमै पुगेर सर्जन डाक्टर अर्चन घिमिरे माथि हातपात गरेका थिए । डाक्टर कुटिएपछि दुबै पक्षबीच हात हालाहाल भएको थियो । कुटपिटबाट घाइते भएका डाक्टरको आईसीयूमा राखेर उपचार भइरहेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत शुशील गुरुङले बताए ।

दाँत र टाउको दुखेको तथा वान्ता समेत गर्ने गरेका बिरामी थापाको सिटी स्क्यान गर्दा मस्तिस्कमा रगत जमेको देखिएपछि आईसीयूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको गुरुङले दाबी गरे ।

बिरामीका आफन्तको समूहले आकस्मिक कक्षसहित अन्य डाक्टर र स्वास्थ्यकर्मीमाथि पनि हातपात गरेका गुरुङले बताए ।

चिकित्सकको आन्दोलनमा नेपाल चिकित्सक संघले पनि ऐक्बद्धता जनाएको छ । संघको लुम्बिनी अञ्चल शाखाले विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि कुटपिट गर्ने समूहलाई पक्राउ गरी कारबाही गर्न ४८ घन्टे अल्टिमेटम दिएको छ । संघका महासचिव डा. सन्तोष पोखरेलद्वारा हस्ताक्षरीत विज्ञप्तिमा ४८ घण्टा सम्म पनि कुटपिटमा संलग्नलाई कारबाही नगरिए संघर्षका थप कार्यक्रम गर्न बाध्य हुने उल्लेख छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments