Incident Reports

कृषि विश्वविद्यालय ठप्प

2020-01-26

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय आइतबारदेखि ठप्प छ । कर्मचारीको आन्दोलनका कारण तालाबन्दीले परीक्षासमेत प्रभावित भएको छ । ज्यालादारीमा कार्यरत श्रेणीविहीन कर्मचारीलाई वरिष्ठताका आधारमा करारमा ल्याउनुपर्ने माग गर्दै आन्दोलन गरेका हुन् ।

यस्ता १ सय २३ कर्मचारीको व्यवस्थापन हुन बाँकी रहेको आन्दोलनरत कर्मचारी अमृत विकले बताए । “अफिस आएको दिनको मात्र तलब पाउने गरी ज्यालादारीमा काम गरेको वर्षों भयो”, उनले भने, “दसैं को टीका लगाएर पनि अफिसमा हाजिर हुनुपर्ने अवस्था छ ।” त्रिभुवन विश्वविद्यालयको आङ्गिक रूपमा रहेको तत्कालीन केन्द्रीय कृषि क्याम्पस नै पछि विश्वविद्यालय बनेको हो ।

त्रिविबाट आएका श्रेणीविहीन कर्मचारीको व्यवस्थापन भए पनि नयाँ विश्वविद्यालय बनेपछि नियक्त त्यस्ता कर्मचारीको व्यवस्थापन हन नसकेको उनले विकले बताए । अर्का कर्मचारी विजय बुढाथोकीले रजिस्ट्रार मनराज | कोलाक्षपतिले कर्मचारी व्यवस्थापन हुने बताए पनि उनी त्यत्तिकै हिँडेको बताए । यो विषय व्यवस्थापन हुन्छ भन्दै आएकोमा व्यवस्थापन नगरी बिदा भएका कारण कर्मचारीहरु आन्दोलनमा उत्रेको बताए ।

आन्दोलनमा संलग्रुन अर्का कर्मचारी दीपक पौडेल सबै संगठनका कर्मचारी एकीकृत भएर आन्दोलन गरेको बताउँछन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments