Incident Reports

बझाङमा जीपले तोकेभन्दा दोब्बर भाडा लिएपछि गाँउलेले सडकमा लगाए पर्खाल

2020-01-01

Sudurpashchim, Bajhang, Masta, Ward 2

बझाङमा जीप व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयले तोकेभन्दा दोब्बर भाडा लिन थालेपछि स्थानीयले सडकमा पर्खाल लगाइदिएका छन्। जिल्लाको मष्टा गाँउपालिका– २ बाडेगाँउका स्थानीयले आफ्नो गाँउ जाने शाखा सडकमा पर्खाल लगाएका हुन्।

प्रशासनले कच्चि सडकहरुमा प्रति किलोमिटर ८ रुपैँया र पक्कि सडकमा बागथलासम्म प्रति किलोमिटर ५ रुपैँया भाडादर तोकेको छ। त्यो हिसाबले बागथालाबाट १५ किलोमीटरको दुरीमा रहेको बाडेगाँउसम्म जान १२० रुपैया भाडा पर्न जान्छ। तर व्यवसायीहरुले ३ सय रुपैँया भाडा लिने गरेको स्थानीय भक्त कठायतले बताए।  

‘हामीहरु १५० देखि २०० सम्मको भाडा तिर्न तयार छौ तर जिप व्यावसायिहरुले ३ सय भन्दा तल एक रुपैया नबुझ्ने गरेको र त्यसैमापनि क्षमताभन्दा दोब्बर यात्रु राख्ने गरेकाले हामीले यस्तो गरेका हौ’ उनले भने। एउटा जीपमा अगाडि र पछाडी गरेर १०/१२ जनाको सिट भए पनि जीप व्यवसायीहरुले २०÷२५ जना यात्रु जबरजस्ती कोच्ने गरेको उनले बताए।

जीप व्यवसायीहरुले मनोमानी गरेपछि यहाँका सबै युवा तथा गाँउलेहरु मिलेर सडक नै बन्द गराउन बाध्य भएको अर्का स्थानीय सन्तोष कठायतले बताए। ‘प्रशासनले गरेको निर्णयको जीप व्यवसायीहरुले धज्जा उडाएका छन’ उनले भने।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
National/Online Media

0 Comments