Incident Reports

विभिन्न हातहतियार सहित एक जना पक्राउ

2020-03-19

Gandaki, Nawalparasi East, Hupsekot, Ward 2

 नवलपरासी (पूर्व), ६ चैत  हुप्सेकोट गाउँपालिका-२ चपाहाबाट धारापानी बस्ने ६३ वर्षीय तारा बहादुर विकलाई घरमा लुकाई छिपाई राखेको विभिन्न हातहतियार सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा कोठाभित्र लुकाई छिपाई राखेका विभिन्न हतियार बरामद गरी तारा बहादुरलाई पक्राउ गरेको हो । बरामद भएका हातहतियारहरुमा भरुवा बन्दुक १ थान, भरुवा बन्दुकको नाल २ थान, एयर गन १ थान, मेड इन यूएसए लेखेको अटोमेटिक पेस्तोल १ थान, पेस्तोलको गोली ५ राउण्ड, एसएलआरको गोली २ राउण्ड, थ्रीनटथ्री राईफलको गोली १ राउण्ड, एम सिक्सटिनको गोली १ राउण्ड, अन्य हतियारको गोली २ राउण्ड, सर्टगनको खोका २ थान र पुरानो कटुवा पेस्तोल तथा घोडाचाप लगायतका पार्टपुर्जाहरु छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Police website , Local Newspaper - Kaski

0 Comments